समाज


हत्या गरेर कुलोमा फालिएको अवस्थामा प्रधानाध्यापकको शव फेला

हत्या गरेर कुलोमा फालिएको अवस्थामा प्रधानाध्यापकको शव फेला

नेपालखबर
कात्तिक १९, २०७७ बुधबार १:३३,

दार्चुलाको शैल्यशिखर नगरपालिका ९ मा हत्या भएको अवस्थामा प्रधानाध्यापक गोविन्द घरेडीको शव फेला परेको छ।

शैल्यशिखब ९ जगतपुरी शिवधाम नजिक कुलोमा मंगललबार क्षतविच्छद अवस्थामा ४५ वर्षीय घरेडीको शव फेला परेको प्रहरीले जनाएको छ। उनी बैतडीको डिलाशैनी गाउँपालिका २ स्थित आधारभूत विद्यालय किमिचोरका प्रधानाध्यापक हुन्।

नहरमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। घटनाको अनुसन्धान सुरु गरिएको ईलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरीक्षक खगेन्द्रसिह साउदले जानकारी दिए। प्रहरीका अनुसार मृतकसँग ८५ हजार नगद, झोला, मोबाइल, बैंकको चेकबुकलगायत सामान पनि फेला परेको छ।

मृतकको टाउकोमा धारिलो हतियार प्रहार भएको र शरीरभरी निलडाम रहेको प्रहरीले जनाएको छ। आफन्तले शिक्षक घरेडीको हत्या भएको भन्दै दोषीलाई पक्राउ गर्न माग गरेका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad