प्रेम सम्बन्ध टुक्रिएपछि अधिकांशले एउटै कुरा भन्छन्, ‘ऊ मेरो टाइपको थिएन वा थिइन। उसँग मेरो मिजास मिल्दैनथ्यो।’
सम्बन्धको यो नयाँ दौडमा ‘मेरो टाइप’को साझेदार पाउन सम्भव छ? संसारमा कोही ‘मेरो टाइप’को मान्छे होला?
सम्बन्धको हकमा यो एउटा अन्त्यहीन खोजीको विषय हो।
जर्मनीमा हालै गरिएको एउटा बृहत् अध्ययनले देखाएको छ कि प्रेमी वा प्रेमिका छनौट उमेर, शिक्षा, कपालको रंग तथा लम्बाई हेरेर हुने गर्छ।
अध्ययनको निष्कर्ष छ, ‘यदि तपाइँ आफ्नो मिजासको पार्टनरको खोजी गरिरहनुभएको छ भने पहिलो आफ्नो अनुहार ऐनामा हेर्नुहोस्। त्यसपछि मात्र बाहिर आँखा लगाउनुहोस्।’
जर्मनीमा गरिएको यो अनुसन्धानमा १२ हजारभन्दा बढी व्यक्ति निरन्तर ९ वर्षसम्म संलग्न थिए। अनुसन्धानमा खुला मिजासका व्यक्तिहरु सहभागी थिए। उनीहरु नयाँ अनुभव लिन राजी थिए, छिटै कसैसँग सहमत भइहाल्थे र इमान्दार थिए।
अनुसन्धान टोलीले यी व्यक्तिका रोमान्टिक सम्बन्धमाथि लगातार ९ वर्षसम्म अध्ययन गरेको थियो। उनीहरुलाई यो अनुसन्धानमा आफ्नो पार्टनरलाई समेत सहभागी गराउन भनिएको थियो।
९ वर्षपछि अनुसन्धानमा केवल ३३२ व्यक्ति मात्र यस्ता व्यक्ति बाँकी रहे जसको रोमान्टिक सम्बन्ध सुरुदेखि अन्त्यसम्म टिक्यो। १२ हजारभन्दा बढीमध्ये यति सानो समूह मात्र रोमान्टिक सम्बन्धमा रहेको भेटिनु निकै छक्कलाग्दो यथार्थ हो।
नतिजाले के देखायो भने यी ३३२ व्यक्तिका पार्टनरको प्रकृति उनीहरुका पुराना पार्टनर झै थियो।
अनुसन्धानमा संलग्न व्यक्तिहरुले बीच–बीचमा आफ्ना साथीसँग खास गुणको खोजी गरिरहेको उल्लेख गरेका थिए। त्यो त्यही गुणको खोजी थियो जो उनीहरुले आफ्नो पहिलो प्रेमी वा प्रेमिकामा पाएका थिए।
यस्तो गुण पाउनेहरु लामो समयसम्म सम्बन्धमा रहे। नपाउनेहरुले बीचमै सम्बन्ध टुक्र्याए।
तपाइँ मान्नुहोस् या नमान्नुहोस् यदि तपाइँ कुनै पार्टनरको खोजीमा हुनुहुन्छ भने तपाइँ आफ्नो पुरानो पार्टनरजस्ता गुण भएको व्यक्ति खोजिरहनु भएको हुनसक्छ। यस्तो गुण मिलेको अवस्थामा तपाइँ तत्कालै नयाँ सम्बन्धमा अघि बढ्न स्वीकार्नु हुन्छ। नमिलेको अवस्थामा नयाँ सम्बन्ध स्वीकार्न कठीन हुनसक्छ।
आफ्नो रोमान्टिक साथीसँग पुरानो साथीका जस्ता गुण खोज्नु मामुली कुरा होइन। हामी त्यस्तै व्यक्तिसँग जोडिन्छौं जो हाम्रो विचार तथा बानी व्यहोरासँग मेल खान्छ। यस्तो किन हुन्छ भने यसो गर्दा उसका र आफ्नो आनीबानी परिवर्तन गरिरहनु पर्दैन। कोही कोहीले जीवनमा नयाँ नयाँ प्रयोग गर्छन्। धेरै रोमान्टिक साथी बनाउँछन्।
अनुसन्धानले के देखायो भने बर्हिमुखी व्यक्तिले आफ्नोजस्तै स्वभाव भएका व्यक्तिसँग रोमान्टिक सम्बन्ध निर्माण गर्ने सम्भावना अति न्यून रहन्छ।
सम्बन्ध सोच मिल्नेसँग मात्र बन्दछ। यो अनुसन्धानले अनलाइन डेटिङका लागि पनि नयाँ उपायहरु सुझाइदिएको छ। जसरी संगीत सुनाउने एपले तपाइँलाई मनपर्ने गीत सुन्न सल्लाह दिन्छ ठिक त्यसैगरी डेटिङ एपले तपाइँको व्यवहार बुझेर त्यस्तै मान्छेसँग जोड्न सुझाव दिन्छ।
यो बृहत् अनुसन्धानले नदेखाएको पाटो पनि छ। त्यो के भने यस्तो सम्बन्ध कति समय चल्छ भन्ने कुनै ठेगान हुँदैन।
अनुसन्धान निष्कर्षले के देखायो भने पार्टनरसँग धेरै समानता रहनु तपाइँको विकासका लागि बाधक पनि बन्न सक्छ। यदि तपाइँसँग जोडिनुभन्दा पहिलो पार्टनरको कुनै सम्बन्ध थियो भने त्यो तपाइँका लागि अभिषाप पनि हुनसक्छ। नयाँ साथीको नराम्रो गुण उसको पुरानो पार्टनरसँग मिल्यो भने त्यो खतरनाक सावित हुनसक्छ। यसको ठिक विपरित यदि तपाइँको अहिलेको साथीको मिजास तपाइँको पुरानो पार्टनरसँग मिल्यो भने त्यसले बलियो सम्बन्ध कायम गर्न सहज हुनेछ।
त्यसैले सम्बन्ध टुक्रिने मामिलामा ‘मेरो टाइपको’ भएन भनेर दोष नदिनोस्।
यस किसिमको अनुसन्धानको उद्देश्य यो होइन भने आफूले खोजेजस्तो पार्टनर खोज्नै हुँदैन। जीवनसाथीको खोजीमा धेरै विषयहरुलाई केलाएर हेर्नुपर्ने हुन्छ। र यदि तपाइँको सम्बन्ध पहिलाजस्तै स्थापित भयो भने यो सबैभन्दा राम्रो हो। (बीबीसी फ्युचरबाट अनुवाद)

प्रतिक्रिया