नेपालमा पछिल्लो २४ घण्टामा थप दुई हजार नौ सय ३३ कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ४४६ पीसीआर परीक्षण गरिएकोमा २९ सय ३३ जनामा संक्रमण पुष्टि भएको हो।
गत २४ घण्टामा तीन हजार १५० संक्रमित निको भएका छन्।
यस्तै, थप २४ जनाको मृत्यु भएको छ। यो सँगै आजसम्म मृतकको संख्या ९८४ पुगेको छ।
नेपालमा आजसम्म ३७ हजार ५२४ सक्रिय संक्रमित रहेका छन्।
3
Shares

प्रतिक्रिया