अटो


हिरो मोटोकर्पले एकै महिनामा बेच्यो ८ लाख मोटरसाइकल

हिरो मोटोकर्पले एकै महिनामा बेच्यो ८ लाख मोटरसाइकल

नेपालखबर
कात्तिक १७, २०७७ सोमबार ११:४८,

हिरो मोटोकर्पले भारतमा अक्टोबर महिनामा मात्रै ८ लाख मोटरसाइकल तथा स्कुटर बिक्री गरेको छ।

कोभिड १९को अवस्थामा पनि गतवर्षको तुलनामा ३५ प्रतिशत बढीले बिक्री गरेको हो ।

हिरोले अक्टोबर महिनामा भारतीय बजारमा ८ लाख ६ हजार युनिट मोटरसाइकल तथा स्कुटर बिक्री गरेको छ। जब कि गत वर्षको सामान्य अवस्थामा अक्टोबर महिनामा ५ लाख ९९ हजार युनिट मोटरसाइकल तथा स्कुटर बिक्री गरेको थियो।

कम्पनीले ग्राहकको माग, सरकारको नीतिगत सहयोग, सप्लाई चेनमा सुधार गर्दा व्यापार बढाउन सफल भएको बताएको छ।

नोभेम्बर महिना चाडपर्वको समय भएकाले झन् बिक्री बढ्ने कम्पनीले विश्वास बढेको छ ।

अक्टोबर महिनामा भारतमा माएस्ट्रो ऐज १२५ स्कुटर, १२५ सीसीकै ग्लामर ब्लाजाको स्पेशल इडिसन, ११० सीसीको स्पेन्टर ब्लाक नयाँ प्रोडक्टको रुपमा बजारमा ल्याएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad