काठमाडौँ टोखा नगरपालिका –३ स्थित विष्णुमती पुल नजकै एक युवामाथि दिउँसै खुकरी प्रहार भएको छ।
शनिबार दिउँसो टोखा नगरपालिका-३ स्थित विष्णुमती पुल नजिक सोही ठाउँ बस्ने दोलखा घरभई सोही स्थानमा बस्ने ४५ वर्षीय शुकमान तामाङमाथि खुकुरी प्रहार भएको हो।
खुकुरी प्रहारबाट गम्भीर घाइते बनेका तामाङको ग्रान्डी अस्पताल धापासीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
खुकुरी प्रहारमा संलग्न रहेको भन्दै प्रहरीले सोही ठाउँ बस्ने २५ वर्षीय धन बहादुर मोक्तानलाई पक्राउ गरेको छ। मोक्तानलाई शनिबार दिउँसो प्रह महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट खटिएको प्रहरी टोलीले खुकुरीसहित पक्राउ गरेको हो।
पक्राउ परेका मोक्तानलाई हिरासतमा लिइ आवश्यक अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ।
3
Shares
प्रतिक्रिया