ad ad

समाज


काभ्रेको पनौती, बनेपा र नमोबुद्धमा पहिरोले घर बगाउँदा ९ जना बेपत्ता

३ जनाको घाइते अवस्थामा उद्धार
काभ्रेको पनौती, बनेपा र नमोबुद्धमा पहिरोले घर बगाउँदा ९ जना बेपत्ता

फाइल तस्बिर


नेपालखबर
असोज १२, २०८१ शनिबार ८:१४, काठमाडौँ

काभ्रेका विभिन्न स्थानमा पहिरोमा परेर नौजना बेपत्ता भएका छन्। तीन जनालाई घाइते अवस्थामा उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ। 

पनौती नगरपालिका वडा नम्बर १२ कोलाँती भन्ने स्थानमा गएराति साढे ३ बजे स्थानीय गोपाल तिमल्सिनाको घर पहिरोले बगाएको छ।

पहिरोले घर बगाउँदा ४ जना बेपत्ता भएकोमा ३ जनालाई घाइते अवस्थामा उद्धार गरिएको र १ जना अझै हराइरहेका प्रहरीले जनाएको छ। 

घटनास्थलमा प्रहरी चौकी रोशीभूमीडाँडाबाट प्रहरी खटिएका छन्। बेपत्ताको खोजी चलिरहेको प्रहरीले जनाएको छ। 

त्यसैगरी पनौती नगरपालिका ११ थुम्कीमा पनि पहिरोले घर बगाउँदा चार जना सम्पर्कविहीन भएका छन्। 

घटनास्थलमा प्रहरी चौकी खोपासीबाट प्रहरी सहायक निरीक्षक बिमल श्रेष्ठको कमाण्डमा पाँचजना प्रहरी परिचालन गरेर बेपत्ताको खोजी सुरु गरिएको छ। 

त्यसैगरी काभ्रेको नमोबुद्ध नगरपालिका २ श्यामपाटीमा पनि शनिबार बिहान पहिरोमा परेर दुईजना बेपत्ता भएका छन्। घटनास्थलमा प्रहरी चौकी श्यामपाटीबाट प्रहरी सहायक निरीक्षक नवराज कार्कीको कमाण्डमा चारजना प्रहरी परिचालन गरिएको छ। 

त्यसैगरी काभ्रेको बनेपा नगरपालिका १४ थालचोकमा शनिबार बिहान पौने ६ बजे पहिरोले एउटा घर बगाउँदा दुईजना बेपत्ता भएका छन्। घटनास्थलमा प्रहरी चौकी साँगाबाट प्रहरी नायव निरीक्षक रुपेश श्रेष्ठको कमाण्डमा ५ जना प्रहरी खटिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .