ad ad

समाज


पहिरोमा पुरिएको बसबाट दुई जनाको शव निकालियो

पहिरोमा पुरिएको बसबाट दुई जनाको शव निकालियो

नेपालखबर
असोज १२, २०८१ शनिबार २०:२९, मलेखु (धादिङ)

धादिङ र काठमाडौँको सीमाक्षेत्रमा पर्ने धुनिवेँशी नगरपालिका–९ झ्याप्लेखोलामा पहिरोले पुरिएको बसबाट दुई जनाको शव निकालिएको छ।

आज बिहान बुटवलबाट काठमार्डाँतर्फ आउँदै गरेको बससहित तीनवटा सवारीसाधन पहिरोमा पुरिएका थिए। ती सवारीसाधन मध्ये बसमा सवार एक महिला र एक पुरुषको शव निकालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं प्रवक्ता प्रल्हाद सिलवालले जानकारी दिए।

बसमा चालकसहित १२ जना रहेको बताइएको छ।

‘बस मालिकले बुटवलबाट १२ तथा नारायणगढबाट एक यात्रु चढेको जानकारी दिनुभएको छ। अहिलेसम्म यात्रुहरू कोही पनि सम्पर्कमा छैनन्’, उनले भने।

देशको विभिन्न भेगबाट राजधानी काठमाडौँ प्रवेश गर्ने नौबिसे–नागढुङ्गा सडक ठाउँ ठाउँमा पहिरो गएपछि बिहीबार साँझदेखि अवरुद्ध छ। अहिले पहिरो पन्छाउने काम भइरहेको छ।

निरन्तरको वर्षा, पहिरो र लेदो माटोका कारण पृथ्वी राजमार्गको नौबिसे–मुग्लिन खण्ड क्षतविक्षत छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .