ad ad

समाज


रोशी र सुनकोशी नदीको बीचमा पर्‍यो मन्दिर, गुरूकुलका ३१ जना शिक्षक र विद्यार्थी फसे

नजिकैको एउटा घर र ३ वटा टहरा बगायो
रोशी र सुनकोशी नदीको बीचमा पर्‍यो मन्दिर, गुरूकुलका ३१ जना शिक्षक र विद्यार्थी फसे

नेपालखबर
असोज ११, २०८१ शुक्रबार २२:४, काठमाडौँ

सिन्धुलीको सुनकोशी गाउँपालिका–१ स्थित दुम्जामा रहेको एक गुरूकुलमा अध्ययनरत शिक्षक र विद्यार्थी रोशी र सुनकोशी नदीको बीचमा फसेका छन्। कुशेश्वर महादेव गुरूकुलमा अध्ययनरत २८ जना विद्यार्थी र ३ जना शिक्षक गरी ३१ जना दुई नदी बीचको मन्दिरमा फसेका हुन्। 

जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका एसपी गोविन्द काफ्लेका अनुसार, गुरूकुलमा अध्ययनरत विद्यार्थी र शिक्षक सधैँ त्यही मन्दिरमा बस्ने गर्थे। शुक्रबार बिहानैदेखि परेको अविरल वर्षाका कारण खोला फाटिएर बगेपछि उनीहरू बसेको मन्दिरको दुईतिरबाट अहिले खोला बगिरहेको छ। 

उक्त मन्दिर रहेको ठाउँ टापुजस्तै स्थान रहेको र दुईतर्फबाटै खोला बगिरहेको प्रहरीले बताएको छ।

‘उहाँहरू अघिपछि पनि त्यहीँ बस्नुहुन्थ्यो,’ एसपी काफ्ले शुक्रबार साँझ नेपालखबरसँग भने, ‘बिहानैदेखि खोला बढेर दुईतिरबाट बग्न थालेपछि मन्दिर बीचमा परेको हो।’

गुरूकुल नजिक रहेको एउटा पक्की घर र ३ वटा टहरा बगाएको काफ्लेले बताए।

एसपी काफ्लेका अनुसार, मन्दिरमा रहेका ३१ जना नै सकुशल छन्। सुरक्षाका लागि अहिले पनि त्यहाँ प्रहरी तैनाथ गरिएको छ। 

‘अहिले पनि प्रहरी साथीहरू खोलाको दुवै भागमा खटिइरहनुभएको छ,’ काफ्ले भने, ‘अप्रिय घटना नघटोस् भनेर उच्च निगरानीका साथ सतर्कता अपनाएका छौँ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .