समाज


संसारकै सबैभन्दा ठूलो मरुभूमिमा झण्डै दुई अर्ब रुख!

संसारकै सबैभन्दा ठूलो मरुभूमिमा झण्डै दुई अर्ब रुख!

नेपालखबर
कात्तिक १६, २०७७ आइतबार ९:१६,

संसारकै सबैभन्दा ठूलो सहारा मरुभूमिमा १ अर्ब ८० करोड रुखबिरुवा रहेको एउटा अनुसन्धानले देखाएको छ।

आर्टिफिसियल इन्टेलिजेन्स र स्याटलाइट तस्बिरको सहयोगमा यो गणना गरिएको थियो।

पश्चिम अफ्रिकामा अवस्थित सहारा मरुभूमि १३ लाख वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ।

‘सहारा मरुभूमिमा रुख बढ्दै गरेको कुराले हामीलाई आश्चर्यमा पारेको छ। अधिकांशलाई सहारा मरुभूमिमा रुखको अस्तित्व नै छैन भन्ने लाग्छ,’ नेचर जर्नलमा प्रकाशित अनुसन्धानका मुख्य लेखक तथा कोपनहेगन विश्वविद्यालयको भूगर्भ विज्ञान तथा प्राकृतिक स्रोत व्यवस्थापन विभागका प्राध्यापक मार्टिन ब्रान्टले भने, ‘मरुभूमिमै हामीले करोडौं रुखको गणना गर्‍यौँ। प्रविधि हुँदैनथ्यो भने यो सम्भव थिएन। वास्तवमा यो नयाँ वैज्ञानिक युगको सुरुवात हो।’

अनुसन्धानकर्ताहरुले नासाको स्याटलाइटबाट प्राप्त गरेको तस्बिर र आर्टिफिसियल इन्टेलिजेन्सको प्रयोग गरेका थिए। सामान्य स्याटलाइटको तस्बिरबाट एकएक तस्बिरको पहिचान गर्न सकिन्न।

यी रुखहरुको बारेमा जानकारी भर्खरै प्राप्त भएपनि धेरै कारणहरुले यो महत्वपूर्ण रहेको ब्रान्ट. बताउँछन्। उदाहरणका लागि विश्वव्यापी कार्बन बजेटमा यसबारे कुनै जानकारी नै छैन।

‘क्लाइमेट मोडलमा सामान्यतया जंगलबाहिरका रुखहरुलाई समावेश गरिँदैन र हामीलाई कार्बन स्टकबारे पनि थोरै मात्रै जानकारी छ। आधारभूत रुपमा यो नक्सामा सेतो थोप्लोको रुपमा रहन्छ र यो विश्वव्यापी कार्बन चक्रभित्र पर्दैन,’ उनले भने।

नयाँ अध्ययनले त्यस क्षेत्रको जैविक विविधता र पर्यावरणीय प्रणाली तथा मानिसको जीवनमा रुखले पार्ने प्रभावबारे बुझ्न मद्दत गर्ने छ।

केही घण्टामै हजारौं रुखको गणना
कोपनहेगन विश्वविद्यालयको कम्प्युटर साइन्स विभागका अनुसन्धानदाताहरुले डिप लर्निङ अल्गोरिदम बनाएको कारणले नै त्यति ठूलो क्षेत्रको रुखगणना गर्न सम्भव भएको हो।

अनुसन्धानदाताहरुले त्यसलाई रुख कस्तो हुन्छ भनेर रुखका हजारौँ तस्बिर देखाएका थिए।

रुखको आकारको आधारमा पहिचान गर्न भएपछि त्यो मोडलले सो क्षेत्रका हजारौँ फोटोहरुबाट केही समयमै रुख गणना गर्न सफल भएको थियो। जुन काम गर्न मानिसलाई वर्षौँ लाग्न सक्थ्यो। एजेन्सी

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad