भक्तपुर जिल्लामा कोरोना भाइरसको संक्रमण र मृत्यु दर बढ्दै गएको छ। भक्तपुरमा अहिलेसम्म होम आइसोलेसनमै ६ जनाको मृत्यु भइसकेको छ।
सूर्यविनायक नगरपालिका-५ कटुञ्जेका ७७ वर्षीया संक्रमित महिलाको शुक्रमबार होम आइसोलेशनमै मृत्यु भएको छ। मिर्गौलाका बिरामी उनको डाइलाइसिस गर्ने क्रममा पिसिआर परीक्षण गर्दा आठ दिन अघि कोरोना संक्रमण पुष्टि भएको थियो।
त्यसैगरी शुक्रबार भक्तपुर अस्पतालमा कोरोना संक्रमित ७९ वर्षीय एक पुरुषको उपचारकै क्रममा आज मृत्यु भएको छ। अस्पतालका सुपरिटेन्डेन्ट डा.सुमित्रा गौतमका अनुसार भक्तपुर नगरपालिका–१ चुनदेवी बस्ने ती पुरुषमा गत असोज २३ गते कोेरोना संक्रमण पुष्टि भएको थियो।
शुक्रबार मृत्यु भएका भक्तपुरका दुई जनाको शव नेपाली सेनाको टोलीले व्यवस्थापन गरेको छ। भक्तपुरमा अहिलेसम्म कोरोना संक्रमणबाट ७१ जनाको मृत्यु भइसकेको छ।

प्रतिक्रिया