समाज


भारतमा भेन्टिलेटरमा उपचाररत युवतीलाई बलात्कार

भारतमा भेन्टिलेटरमा उपचाररत युवतीलाई बलात्कार

नेपालखबर
कात्तिक १५, २०७७ शनिबार २:३३,

भारतको गुडगाउँस्थित फोर्टिस अस्पतालमा जीवन बचाउन भर्ना भएकी २१ वर्षीया युवतीलाई बलात्कार गरिएको छ।

उनी अस्पतालेको भेन्टिलेटरमा छिन्। यही अक्टोबर २२ देखि २७ बीच उनलाई बलात्कार गरिएको हो।

पीडित युवतीको होस आएपछि उनले अक्टोबर २८ का दिन आफ्ना बुबालाई लरबरिएको शब्दमा घटनाबारे जानकारी गराएकी थिइन्।

बलात्कार आरोप लागेका व्यक्तिको नाम विकास भएको भारतीय पत्रिका दैनिक भास्करले जनाएको छ।

प्रहरीले बलात्कारमा अस्पतालकै कर्मचारी संलग्न रहेकाे  आशंका गरेकाे छ। सीसीटीभी फुटेजका आधारमा प्रहरीले दुई जनलाई नियन्त्रमा लिएर साेधपुछ गरिरहेकाे छ।

सास लिन कठिन भएपछि ती युवतीलाई यही अक्टाेबार २१ मा अस्पताल भर्ना गरिएकाे थियाे। अवस्था बिग्रिँदै गएपछि उनलाई अक्टाेबर २२ मा भेन्टिलेटरमा राखिएकाे थियाे। 

उनी बेहाेस भएकाे माैका पारेर बलात्कार गरिएकाे बताइएकाे छ। घटनाविरुद्ध अक्टाेबर २९ मा उजुरी दर्ता गरिएकाे छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad