समाज


भिटेनको ‘पारा’ गीतमाथि साइबर ब्युरोले अनुसन्धान गर्ने, अश्लिल शब्द प्रयोग गरेको आरोप

भिटेनको ‘पारा’ गीतमाथि साइबर ब्युरोले अनुसन्धान गर्ने, अश्लिल शब्द प्रयोग गरेको आरोप

नेपालखबर
कात्तिक १४, २०७७ शुक्रबार ०:५,

 र्‍यापर समिर घिसिङ (भिटेन) को नयाँ गीतमाथि छानबिन गर्न प्रहरी प्रधान कार्यालयले साइबर ब्युरोलाई निर्देशन दिएको छ।

हालै सार्वजनिक ‘पारा’ बोलको र्‍याप गीतमा प्रयोग भएका शब्द अश्लिल भएको पाइएपछि साइबर ब्यूरोलाई अनुसन्धान गर्न निर्देशन दिइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

नेपाल प्रहरीका प्रवक्ता एसएसपी कुबेर कडायतका अनुसार गीतमा अपाच्य शब्दहरुको प्रयोग गरिएको छ। ‘हामीले यसमा अनुसन्धान गर्नू भनेर ब्यूरोलाई निर्देशन दिएका छौं,’ एसएसपी कडायतले भने। प्रधान कार्यालयको निर्देशनपछि ब्युरोले भिटेनको गीतमाथि प्रारम्भिक अनुसन्धान सुरु गरिसकेको छ।

भिटेनको पारा बोलको गीत बिहीबारसम्म युट्युबको ट्रेन्डिङ नम्बर १ मा थियो। हाल उनले उक्त गीत प्राइभेटमा राखेका छन्। गीत सार्वजनिक भएको ५ दिनमा नै ट्रेन्डिङ नम्बर १ मा आइपुगेको हो।

भिटेनले यो गीत आफ्नो प्रोजेक्ट ‘साइको श्रृंखला २’ को पहिलो गीत भएको बताएका छन्।

र्‍याप नबुझ्ने जमातको तर्फबाट आउने प्रतिक्रियाको जवाफ जस्तो सुनिने यो र्‍याप २४ अक्टोबरमा सार्वजनिक भएको थियो। गीतमा केही अश्लील शब्दहरुको पनि प्रयोग भएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .