गत आइतबार इलिनोइस्थित होमन स्क्वायरको एक स्टोरमा मास्क नलगाई पस्न खोज्दा २१ वर्षकी निथर जेसिका हिल र उनका १८ वर्षकी बहिनी जेलालाई सुरक्षागार्डले मास्क लगाउन र स्यानिटाइजर प्रयोग गर्न आग्रह गरेका थिए।
तर उनीहरुले सुरक्षागार्डको आग्रह बेवास्ता गर्दै उनीमाथि जाई लागेका थिए। सानो चक्कुले २७ पटक सुरक्षागार्डमाथि प्रहार हुँदा उनी घाइते भएका छन्। उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
ती दिदीबहिनीले सुरक्षागार्डलाई डस्टबिनले पनि हिर्काएको बताइएको छ। प्रहरीले हाल उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरुवात गरेको छ।
उनीहरुमाथि हत्या अभियोगमा अदालतमा मुद्दा दर्ता भएको छ। एजेन्सी

प्रतिक्रिया