समाज


भाले कुखुराको आक्रमणबाट फिलिपिन्समा एक प्रहरीको मृत्यु!

भाले कुखुराको आक्रमणबाट फिलिपिन्समा एक प्रहरीको मृत्यु!

नेपालखबर
कात्तिक १२, २०७७ बुधबार ६:२१,

फिलिपिन्सको उत्तरी सामर प्रान्तमा अवैध रुपमा ‘भाले जुधाई’ खेलको आयोजना गरिएको थियो।

प्रहरीले छपा मार्दा त्यहाँ भालेहरु जुधिरहेका थिए। भालेहरु जुधिरहेको स्थानमा प्रहरी पुगेपछि भालेले प्रहरी लेफ्टिनेन्ट क्रिस्टिन बोलोकमाथि आक्रमण गरेको बीबीसीले जनाएको छ।

भालेको खुट्टामा धारिलो ब्लेड जोडिएकाले उक्त ब्लेडले क्रिस्टिन गम्भीर घाइते भएका थिए। तिघ्राको नसामा चोट लाग्दा अत्यधिक रक्तश्राव भएको थियो।

A rooster is fitted with a razor sharp blade

अस्पतालमा लगिए पनि उनको मृत्यु भएको बताइएको छ। कोरोना प्रकोपबीच भाले जुलाई खेलमा प्रतिबन्ध लगाइएको थियो।

यद्यपी अवैध रुपमा भाले जुधाईको आयोजना गरिएको थियो। प्रहरीले हाल भाले जुधाई खेल आयोजना गर्नेहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad