समाज


कास्कीका ८६ सहित गण्डकी प्रदेशमा थप १२१ जनामा कोरोना पुष्टि

कास्कीका ८६ सहित गण्डकी प्रदेशमा थप १२१ जनामा कोरोना पुष्टि

नेपालखबर
कात्तिक १२, २०७७ बुधबार ६:५७,

गण्डकी प्रदेशमा थप १२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

प्रदेश स्वास्थ्य निर्देशनालयले बुधबार बिहान र दिउँसो गरी तीन पटक उपलब्ध गराएको विवरण अनुसार प्रदेशमा थप १२१ जनामा कोरोना पुष्टि भएको हो।

बुधबार थपिएका संक्रमितमा सबैभन्दा बढी कास्कीका मात्रै ८६ जना रहेका छन्। त्यस्तै नवलपरासी पूर्वमा १६, स्याङ्जामा १२, तनहुँमा ३, गोरखामा ३ र मुस्ताङमा १ जनामा संक्रमण पुष्टि भएको हो।

प्रदेश स्वास्थ्य निर्देशनलायका निर्देशक डा. विनोदविन्दु शर्माले संक्रमित सबैलाई आइसोलेसन सेन्टरमा लैजाने तयारी भइरहेको बताए।

योसँगै गण्डकीमा कोरोना संक्रमितको संख्या ६ हजार ९११ पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad