ad ad

समाज


बढ्दै जाडो, जुम्लामा तापक्रम माइनसमा झर्‍याे

बढ्दै जाडो, जुम्लामा तापक्रम माइनसमा झर्‍याे

नेपालखबर
कात्तिक ११, २०७७ मंगलबार २:१३,

देशमा दिनप्रतिदिन जाडो बढ्दै गएको छ। मौसमविद्का अनुसार जुम्लामा तापक्रम माइनसमा झरिसकेकोे छ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् समीर श्रेष्ठका अनुसार जुम्लामा हिजोबाट न्यूनतम तापक्रम माइनसमा झरेको हो।

त्यहाँ हिजो न्यूनतम तापक्रम माइनस १ दशमलव ५ मापन गरिएको उनले जानकारी दिए। अहिले मुलुकमा सबैभन्दा चिसो भएको ठाउँ जुम्ला नै हो।

अस्ति (२५ तारिख) सम्म जुम्लाको न्यूनतम तापक्रम १.६ डिग्री सेल्सियस थियो। ‘आज माइनस १ सम्म हुन सक्छ। अधिकतमचाहिँ २० डिग्रीसम्म हुन्छ,’ माैसमविद् श्रेष्ठले भने। 

उनका अनुसार मुलुकभर नै न्यूनतम तथा अधिकत तापक्रम घट्दै गएको छ।

काठमाडौं उपत्यकामा पनि तापक्रम घट्दै छ। मौसमविद् श्रेष्ठका अनुसार अधिकतम २५ डिग्री र न्यूनतम १४ डिग्रीसम्म देखिएको छ।

एक हप्ताअघि उपत्यकाको अधिकतम २८ थियो भने न्यूनतम १७ डिग्री सेल्सियस थियो।

माैसमविद् श्रेष्ठका अनुसार अहिले बिहान पहाडी भेगमा आंशिक बदली (आकाशमा थोरै बादल लागेको) छ भने बाँकी क्षेत्रमा माैसम सामान्यतया सफा अर्थात् घाम लागेकाे छ।  

‘आज पूर्वी पहाडका एक दुई स्थानमा छिटफुृट वर्षा पनि हुन सक्छ,’ उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .