समाज


शौच गर्न गएकी एक किशोरीमाथि सामूहिक बलात्कार, अर्की किशोरीमाथि बलात्कारको प्रयास

शौच गर्न गएकी एक किशोरीमाथि सामूहिक बलात्कार, अर्की किशोरीमाथि बलात्कारको प्रयास

नेपालखबर
कात्तिक ११, २०७७ मंगलबार ०:१६,

 सप्तरीको तिरहुत गाउँपालिकामा एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ। अर्की एक किशोरीमाथि बलात्कारको प्रयास भएको प्रहरीले जनाएको छ।

गएको शनिबार राति शौच गर्न गएको बेला १८ वर्षीया दलित किशोरीमाथि सामूहिक बलात्कार भएको हो। घटनामा संलग्न भएको आरोपमा स्थानीय सुनिलकुमार साहलाई प्रहरीले पक्राउ गरेको छ।

इलाका प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी नरेशकुमार सिंहका अनुसार दुई किशोरी शनिबार राति ८ बजे घरनजिकैको बाँसघारीमा शौच गर्न गएको बेला घटना भएको हो।

दुवै किशोरीलाई एक समूहले नियन्त्रणमा लिएर घरभन्दा करिब चार सय मिटर टाढा पुर्याएका थिए। एक किशोरी बतात्कृत भएकी र अर्की किशोरी भाग्न सफल भएकी डिएसपी सिंहले बताए।

पीडित किशोरीकी आमाका अनुसार शौच गर्न गएकी छोरी घर नफिर्कएपछि खोज्दै जादाँ बेहोस अवस्थामा भेटेकी थिइन्। उनीसँगै गएकी अर्का किशोरी आँत्तिएर घरतर्फ आइरहेको अवस्था भेटिएको उनले बताइन्।

पीडित दुवै किशोरीकी आमाले सोमबार इलाका प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएका छन्। घटनाको विषयमा थप अनुसन्धान सुरु गरिएको डिएसपी सिंहले जानकारी दिए।।

‘घटनामा संलग्न एक जनालाई पक्राउ गरेका छौं, थप अभियुक्तको खोजी भइरहेको छ,’ उनले भने। घटनापछि बाँकी युवाहरु भागेका प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad