काठमाठौका सडक सुनसान बनेका छन्। कोरोना संक्रमणको जोखिमसँगै नजिकिएको दसैँमा पनि सडक सुनसान देखिए।
उपत्यकाभित्र गुडिरहने सवारीसाधनहरु फाट्टफुट्ट देखिएपनि मुख्य चोकहरु तीनकुने, नयाँ बानेश्वर, माइतीघर, त्रिपुरेश्वर, रत्नपार्क क्षेत्रमा गाडीको आवागमन नगन्य नै थियो।
उपत्यकामा संक्रमणको जोखिम बढेसँगै बाहिरिएकाहरु फर्किएका छैनन् भने उपत्यका भित्र रहेकाहरु पनि घरबाहिर निस्किएनन्।
अघिल्ला वर्षहरु जस्तै दसैँ उल्लासमय नभएपनि महत्वपूर्ण चाड र सरकारले नै सार्वजनिक विदा दिएका कारण अन्य पर्वहरुको भन्दा दसैँको महत्व अलग्गै रहन्छ।
यसैलेपनि दसैँ मनाईरहेका काठमाडौंबासी सडकमा आएनन्। सडकमा सुरक्षा निकायका गाडी, आकस्मिक सेवाका गाडी, र आफ्नो अत्यावस्यक कामले हिँडेका बाहेक अन्य गाडीहरु देखिएका छैनन्।
दसैँको मुख्य दिनहरु सप्तमी, अष्ठमी, नवमी र टिकाका लागि सुरक्षा निकायले लागू गरेको सुरक्षा नीति अनुसार सडकमा सुरक्षाकर्मीको उपस्थिति भने देखिएको छ।

प्रतिक्रिया