अल–मास्री अमेरिकी संघीय अनुसन्धान विभागको खोजीमा थिए। उनलाई अमेरिकाले प्रमुख आतंकवादीको सूचीमा राखेको थियो।
उनी हाल अलकायदाको दोस्रो ठूला नेता थिए। अफगानिस्तानको राष्ट्रिय सुरक्षा निर्देशनालयले ट्वीटगर्दै मास्री मारिएको शनिबार बताएको छ।
निर्देशनालयले मास्रीको निधनले आतंकवादी संगठनलाई ठूलो धक्का लाग्ने बताएको छ। मास्री मारिनुले आतंकवादी संगठनको घट्दो प्रभावकारितालाई दर्शाउने पनि बताइएको छ।
मास्रीमाथि अमेरिकी नागरिकहरु हत्या गर्ने षड्यन्त्र रचेको र आतंकवादीहरुलाई सक्रिय बनाएको आरोप लागेको थियो। रोयटर्स

प्रतिक्रिया