समाज


चिनियाँ विज्ञ भन्छन्ः कोरोना संक्रमित पत्ता लगाउन सामूहिक परीक्षण अनावश्यक

चिनियाँ विज्ञ भन्छन्ः कोरोना संक्रमित पत्ता लगाउन सामूहिक परीक्षण अनावश्यक

नेपालखबर
कात्तिक ९, २०७७ आइतबार ७:२१,

अधिक सीमित परीक्षणले नै कोरोना भाइरसको संक्रमण फैलन रोक्ने उनको भनाइ छ।

यसै महिनाको सुरुवातमा चीनको पूर्वी शहर चिङदाओमा ५ दिनको अन्तरालमा एक करोड १० लाखमा कोरोनाको परीक्षण गरिएको थियो।

१२ नयाँ संक्रमित देखिनसाथ शहरको पुरा जनसंख्यामा कोरोना परीक्षण गरिएको थियो। तर कुनै नयाँ संक्रमित देखिएनन्।

डाक्टर वु जुनयुका अनुसार चिङदाओका सबै नागरिकमा गरिएको कोरोना परीक्षण अनावश्यक थियो, अस्पतालमा १२ नयाँ संक्रमित भेटिनासाथ शहरभर नै कोरोना परीक्षण गरिनु अवैज्ञानिक थियो।

चिङदाओसँगै चीनको बेइजिङ, जिलिन, डालिएन, उरुक्मीमा स्थानीयस्तरबाटै संक्रमण फैलिएको देखिएपछि त्यहाँ पनि शहरव्यापी परीक्षण गरिएको थियो।

डाक्टर वु जुनयु

तर चीनका महामारीवज्ञ तथा रोग नियन्त्रण तथा रोकथाम केन्द्रका प्रमुख वु जुनयु भन्छन्,‘जहाँ जहाँ संक्रमित देखिएका छन् त्यस वरपर परीक्षणलाई केन्द्रित गरिए कोरोना फैलनबाट रोक्न सकिन्छ।’

संक्रमित देखिएका स्थान वरपर भने चाँडै परीक्षण हुनुपर्ने उनको भनाइ छ।

बेइजिङको होलसेल बजारमा गत जुनमा केही मानिसमा कोरोना देखिँदा पुरा २ करोड मानिसको कोरोना परीक्षण गरिएको थियो।

उनी भन्छन्,‘जब परीक्षणलाई विस्तार गर्दै लगिन्छ र कुनै संक्रमित फेला पर्दैनन्, त्यसको लागत ठूलो र अनावश्यक हुन्छ।’

चीनले कोरोना महामारीलाई लकडाउन, चुस्त परीक्षण, कडा कन्ट्याक्ट ट्रेसिङ र क्वारेन्टिनको माध्यमबाट नियन्त्रणमा लिएको हो। वु जुनयुका अनुसार विश्वलाई चीनजस्तै खुला गर्न सावधानी अपनाउन जरुरी छ। एससीएमपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .