ad ad

कारोबार


भृकुटीमण्डपको सस्तो बजारमा पनि देखिएन दसैँको चहलपहल

भृकुटीमण्डपको सस्तो बजारमा पनि देखिएन दसैँको चहलपहल

नेपालखबर
कात्तिक ८, २०७७ शनिबार ६:१३,

दसैं शुरु भए पनि यस वर्ष विगतको वर्षहरुमा जस्तै बजार क्षेत्रमा चहलपहल देखिएन्। व्यापार पनि कम भएको व्यापारीहरुले बताउँदै आएका छन्। कोरोना संक्रमणको जोखिमका कारण मानिसहरु घरबाट किनमेलका लागि खासै बाहिर निस्किएका छैनन्। काठमाडौंको भृकुटीमण्डपमा रहेको सस्तो बजारमा पनि खासै चहलपहल देखिएको छैन।

काठमाडौंको भृकुटीमण्डपमा रहेको सस्तो बजार निम्न वर्गका लागि किनमेल गर्ने मुख्य बजार हो। तर यस वर्ष यो बजारमा खासै चहलपहल देखिएको छैन। व्यापारीहरुले ग्राहक नआउँदा दुई तीनदिनमा एकपटक मात्रै बोहनी हुने गरेको बताउँछन्।

कोरोना संक्रमण जोखिम रोकथामका लागि लामो समय लकडाउन हुँदा मानिसहरुको आम्दानी गुमेको छ। खासगरी निम्न वर्गहरु यसबाट अझबढी प्रभावित भएका छन्। त्यसैले पनि यो बजारमा आउने ग्राहकहरु यस वर्ष कम छन्।

भृकुटीमण्डपको यो बजार असोज ३ गते यता निरन्तर खुल्दै आएको छ। दसैंको बेलामा पनि व्यापार कम भएपछि व्यापारीहरु चिन्तित देखिन्छन्। अघिल्लो वर्ष भन्दा यस वर्ष ७५ प्रतिशत व्यापार भटेको उनीहरुको भनाइ छ।

सस्तो र राम्रो सामान पाउने भएकाले पनि यो बजारमा मानिसहरु किनमेलका लागि पुग्ने गर्छन्। यो बजारमा लत्ताकपडा, भाँडाकुँडा, विद्युतीय सामग्रीहरु सस्तोमा पाउन सकिन्छ। तुलनात्मक रुपमा अन्य बजारमा भन्दा यो बजारमा निकै सस्तो र राम्रो समान पाउने भएकाले निम्न वर्गका लागि किनमेल गर्न उपयुक्त छ। बजारमा भेटिएका ग्राहकहरुले पनि राम्रो र सस्तो समान पाउने भएकाले आफूहरु किनमेलका लागि भृकुटीमण्डपमै आउने गरेको बताएका छन्।

 

भृकुटीमण्डपको सस्तो बजार ठूलो पनि छ। अन्य बजारमा भन्दा तुलनात्मक रुपमा सस्तोमा समान पाउन सकिन्छ । त्यसैलेपनि मानिसहरु यो बजारमा किनमेलका लागि आउने गर्छन्। तर यस वर्ष कोरोना महामारीका कारण मानिसहरुको क्रयशक्ति घटेकोले किनमेलका लागि आएको देखिँदैन। त्यसैले विगतका दशैंमा निकै भिड हुने यो बजार यसपटक सुनसान देखिएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .