काठमाडौंको तीनकुनेमा स्कुटर दुर्घटना हुँदा २९ वर्षीय एक युवाको मृत्यु भएको छ।
शुक्रबार राति प्रदेश ३-०९-२०१२ प ७१०१ नम्बरको स्कुटर पल्टिँदा काठमाडौं मूलपानीका २९ वर्षीय मनोज विष्टको मृत्यु भएको हो।
शुक्रबार मध्य राति बानेश्वरबाट कोटेश्वर जाँदै गर्दा स्कुटर पल्टिएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएको विष्टको उपचारको क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको हो।
राति खुला सडकमा तिब्र गतिका कारण स्कुटर दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ।
6
Shares
प्रतिक्रिया