ad ad

समाज


रुपन्देही र बाँकेमा थप दुई संक्रमितको मृत्यु

रुपन्देही र बाँकेमा थप दुई संक्रमितको मृत्यु

नेपालखबर
कात्तिक ८, २०७७ शनिबार ४:१५,

कोरोना भाइरस संक्रमणबाट रुपन्देही र बाँकेमा थप दुई जनाको मृत्यु भएको छ। योसँगै नेपालका कोरोनाबाट ज्यान गुमाउनेको संख्या आठ सय ३१ पुगेको छ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका ७ का ७५ वर्षीय पुरुषको कोरोना अस्पताल बुटवलमा शनिबार बिहान मृत्यु भएको हो। उनी फोक्सो सम्बन्धि समस्याबाट पीडित थिए।

उनमा ५ कात्तिकमा कोरोना पुष्टि भएको थियो। उपचारका क्रममा शनिबार बिहान पौने ८ बजे उनको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए।

योसँगै रुपन्देहीमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ५६ पुगेको छ।

त्यसैगरी बाँकेमा पनि कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ। नेपालगञ्ज उपमहानगरपालिका १ धम्बोजीका ५० वर्षीय पुरुषको भेरी अस्पताल नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो।

२६ असोजमा कोरोना संक्रमण पुष्टि भएका उनको गए राति मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले जानकारी दिए। योसँगै बाँकेमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .