काठमाडौंको शङ्खरापुर नगरपालिकाको साँखुमा टेम्पो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य चार जना घाइते भएका छन्।
१३५७ अस्थायी नम्बरको नयाँ टेम्पो दुर्घटना हुँदा काभ्रेको मण्डनदेउपुर नगरपालिका निवासी प्रह्लाद बस्ताकोटीको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी प्रभाग साँखुका प्रहरी निरीक्षक जानुका खरेलले जानकारी दिए।
साँखु–कात्तिके सडकखण्डको लम्बुडाँडा मोडमा सडकबाट तल खसेर टेम्पो दुर्घटना भएको हो। टेम्पो सडकबाट झण्डै २५ मिटर तल पुगेको छ।
घाइते सबैको अवस्था सामान्य रहेको खरेलले जानकारी दिए। उनीहरूको साँखुस्थित पिपुल्स लाइफ केयर अस्पतालमा उपचार भइरहेको छ।

प्रतिक्रिया