समाज


अबको पाँच दिन स्वास्थ्य मन्त्रालयले कोरोना सम्बन्धि प्रेस ब्रिफिङ नगर्ने

अबको पाँच दिन स्वास्थ्य मन्त्रालयले कोरोना सम्बन्धि प्रेस ब्रिफिङ नगर्ने

नेपालखबर
कात्तिक ७, २०७७ शुक्रबार २:३४,

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमण सम्बन्धि जानकारी दिन नियमति गर्दै आएको पत्रकार सम्मेलन पाँच दिनका लागि स्थगित गरेको छ।

दसैं पर्वका कारण आजदेखि पाँच दिनसम्म प्रेस ब्रिफिङ नहुने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

अब कात्तिक १२ गतेबाट मात्रै कोरोनाबारेको नियमित पत्रकार सम्मेलन सुरु हुने मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए। ‘यो अबधिमा कोरोनाको बारेमा थप जानकारी तथा सूचना सामाजिक सञ्जालबाट गराउने छौं,’ उनले भने।

स्वास्थ्य मन्त्रालयले दिउँसो चार बजे पत्रकार सम्मेलन गरेर विगत दुई सय ५६ दिनदेखि लगातार कोरोनाका बारेमा जानकारी दिँदै आएको छ।

नेपालमा अहिलेसम्म एक लाख ४८ हजार पाँच सय ९ जना कोरोना संक्रमित फेला परेका छन्। सङ्क्रमणबाट बिहीबारसम्म नेपालमा ८ सय १२ जनाको ज्यान गुमाएका छन्।

हाल देशमा ४४ हजार ८ सय ७७ जना सक्रिय सङ्क्रमित रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ। संक्रमणबाट काठमाडौं उपत्यका सबैभन्दा धेरै प्रताडित छ। संक्रमितमध्ये झण्डै आधा संख्या काठमाडौं उपत्यकामा छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad