समाज


अबदेखि आवेदन दिएको ४ महिनामै चालक अनुमतिपत्र पाइने

अबदेखि आवेदन दिएको  ४ महिनामै चालक अनुमतिपत्र पाइने

नेपालखबर
कात्तिक ७, २०७७ शुक्रबार ३:१०,

यातायात व्यवस्था विभागले गत चैतदेखि अहिलेसम्म झण्डै १० लाख चालक अनुमतिपत्र छापेकाे छ।

विगतमा विभागसँगै झण्डै आठ/नौ लाखसम्म पनि अनुमतिपत्र बाँकी हुन्थे। अहिले त्यो सकिँदै गएको छ। पहिले वर्षाैँसम्म सेवाग्राहीले अनुमतिपत्र नपाउने गरेकामा अहिले त्यो अवस्था पूरै हटिसकेको विभागका प्रवक्ता डा.लोकनाथ भुसालले बताए।

अब पछिल्लो तीन/चार महिनायता आएका अनुमतिपत्र मात्रै छाप्न बाँकी छ। छापिएका सबै अनुमतिपत्र सम्बन्धित कार्यालयमा पठाइसकिएको उनले बताए। ‘सेवाग्राहीले नयाँ वा नवीकरण गरिएका अनुमतिपत्र सम्बन्धित कार्यालयमा पुगेर लिन सक्छन्,’ भुसालले भने।

निषेधाज्ञाका समयमा यातायात व्यवस्था कार्यालयबाट आएका झण्डै एक लाख अनुमतिपत्र छाप्न बाँकी छ। अहिले आवश्यकतानुसार ‘मास प्रिन्टर’ बाट अनुमतिपत्र छपाइ भइरहेको छ।

आवेदन दिएको तीन/चार महिनामा अनुमतिपत्र पाउन सक्ने गरी तयारी गरिएको उनले बताए।

‘अब पहिले जसरी वर्षौँसम्म अनुमति पत्रको लागि कुर्नुपर्ने अवस्था आउँदैन,’ उनले भने।

सरकारले झण्डै पाँच वर्ष पहिले ‘स्मार्ट’ चालक अनुमतिपत्र दिन शुरु गरेको थियो। सेवाग्राहीले आवेदन दिएको लामो समयसम्म पनि अनुमतिपत्र पाएका थिएनन् । उपकरणको क्षमताभन्दा कयौँ गुणा छाप्नु परेकाले त्यतिबेला समस्या हुने गरेको भुसाल बताउँछन्।

विभागले गतवर्ष ‘मास प्रिन्टर’ खरिद गरेर सञ्चालनमा ल्याएसँगै त्यो समस्या हटेको छ। विभागले गतवर्ष नै ‘मास प्रिन्टर’सँगै १० लाख स्मार्ट कार्ड खरिद गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad