समाज


वैज्ञानिकले पत्ता लगाए नयाँ तरिका : मुख कुल्ला गर्नुस्, कोरोना मार्नुस्

वैज्ञानिकले पत्ता लगाए नयाँ तरिका : मुख कुल्ला गर्नुस्, कोरोना मार्नुस्

नेपालखबर
कात्तिक ७, २०७७ शुक्रबार २:१७,

मुख सफा गर्ने औषधि अर्थात् ‘ओरल एन्टिसेप्टिक’ र ‘माउथवास’ले काेराेना नियन्त्रणमा भूमिका खेल्ने अमेरिकाका वैज्ञानिकले दाबी गरेका छन्।

उनीहरूका अनुसार कोरोना संक्रमण हुँदा यस्ता औषधिले मुख कुल्ला गर्ने हो भने भाइरस फैलिन पाउँदैन।प्रयोगशालामा गरिएको परीक्षणले यो पुष्टि भएको वैज्ञानिकको दाबी छ।

उनीहरूका अनुसार नाक र मुखको सफाइले पनि कोरोना भाइरसको संख्या घटाउन सकिन्छ।

यसरी भएको थियो अनुसन्धान
पेनसिलवेनिया विश्वविद्यालयका वैज्ञानिकका अनुसार प्रयोगशालामा ओरल एन्टिसेप्टिक, माउथवास र बेबी स्याम्पु मानिसमा पाइने कोरोना भाइरसमा प्रयोग गरिएको थियो।

यी चिजको असर भाइरसमा अलग-अलग देखिए। हरेक ३० सेकेन्ड, १ मिनेट र ३२ मिनेटपछि असरको जाँच गर्दा केही हदसम्म कोरोना भाइरस नष्ट भएको पाइयो। त्यसपछि त्यसमा मानव कोषिका हालियो। कतिपय कोषिका जीवित रहेको पाइयो।

बेबी स्याम्पुले २ मिनेट र माउथवासले ३० सेकेन्डमा भाइरस निष्क्रिय पारेकाे पाइयो
जर्नल अफ मेडिकल भाइराेलजीमा प्रकाशित अनुसन्धान प्रतिवेदनअनुसार बेबी स्याम्पुकाे एक प्रतिशत अंशले २ मिनेटमा ९९.९ प्रतिशतसम्म कोरोना भाइरस निष्क्रिय पार्न सक्छ। अझ माउथवासले एक मिनेटसम्म गरगर गर्ने हाे भने ९९.९९ प्रतिशतसम्म कोरोना निष्क्रिय बनाउन सकिन्छ।

कोरोना संक्रमित एवं क्वारेन्टिनमा रहेका व्यक्तिले यो प्रयोग गरेका खण्डमा निकै प्रभावकारी हुने अनुसन्धानले देखाएको छ।

जबसम्म खोप बन्दैन, तबसम्म संक्रमण रोक्ने नयाँ तरिका खोज्न आवश्यक
पेनसिलवेनिया विश्वविद्यालयको माइक्रोबायोलजिस्ट क्रेग मेयर्सका अनुसार जबसम्म खोप तयार हुँदैन, तबसम्म कोरोना संक्रमण रोक्ने यस्तै नयाँ-नयाँ तरिका खोज्न आवश्यक छ। 

उनी भन्छन्, ‘हामीले कोरोना भाइरसको संख्या घटाउन ओरल एन्टिसेप्टिक र माउथवास प्रयोग गर्ने गरेका छौं। यी सजिलै पाइने वस्तु हुन्। जसलाई मानिसले दैनिक प्रयोग पनि गरिरहेका छन्।’

अहिलेसम्मका अनुसन्धानअनुसार नाक र मुख नै शरीरमा कोरोना भाइर प्रवेश गर्ने मुख्य द्वार हुन्। स्रोत : दैनिक भास्कर

याे पनि :  कोरोना संक्रमणका कारण मात्र गन्ध थाहा नपाउने समस्या हुने होइन रहेछ!

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad