समाज


प्रहरीलाई नै गोली हानेर भागेका अपहरणकारी पक्राउ

प्रहरीलाई नै गोली हानेर भागेका अपहरणकारी पक्राउ

नेपालखबर
कात्तिक ३, २०७७ सोमबार ६:४६,

प्रहरीलाई नै गोली हानेर भागेका अपहरणकारी ६ वर्षपछि पक्राउ परेका छन्। झापाको मेचिनगर १२ का ३८ वर्षीय रमेश मेचेलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले काठमाडौंबाट पक्राउ गरेको हो।

उनले २०७१ माघ १८ गते विर्तामोड नगरपालिका ६ का सुनिल कुमार अग्रवाललाई अपहरण गरी बन्धक बनाएका थिए। उनी र बजरंग पन्सारीले अपहरण गरी एम्बुलेन्समा लिएर गएका थिए।

हतियार देखाएर अग्रवाललाई एउटा घरमा बन्धक बनाएको अवस्थामा प्रहरीले उद्धार गरेको थियो। माघ २३ गते अपहरणमुक्त गराउने क्रममा मेचेले प्रहरीलाइृ नै गोलि प्रहार गरेर फरार भएका थिए। उनको गोली प्रहारबाट एक प्रहरी घाइते भएका थिए।

उनीविरुद्ध अपहरण तथा ज्यान मुद्दामा जिल्ला अदालत झापाले १७ वर्ष कैद र एक लाख ५० हजार रुपैयाँ जरिवानाको फैसला गरेको छ। नयाँ बसपार्कस्थित होटल काठमाडौंबाट पक्राउ गरेर झापा पठाइएको सीआईबी प्रमुख डीआईजी सहकुल थापाले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad