आइतबार सीबीएस टेलिभिजनसँग ६० मिनेट अन्तर्वार्ता दिने क्रममा फाउचीले भने,‘ट्रम्प मास्क नलगाई मास्क नलगाउनेको वरपर हिँड्ने उनी विज्ञहरुको सल्लाह मान्दैनथे।’
‘मलाई चिन्ता थियो कि ट्रम्प बिरामी पर्नेछन् किनभने मैले उनलाई भीडमा असुरक्षित अवस्थामा देखेको थिएँ। उनी भएको स्थानमा व्यक्ति–व्यक्तिबीचको दुरीको नियम पालना गरिएको थिएन र कसैले मास्क लगाएका थिएनन्’ फाउचीले भने,‘जब मैले उनलाई टेलिभिजनमा देखें। यसले समस्या निम्त्याउँछ भन्ने मलाई लागेको थियो।’
फाउचीले ट्रम्प उपस्थित रोज गार्डेन इभेन्टलाई कोरोना ह्वाइट हाउसमा फैलिनुको कारक मानेका छन्।
उक्त इभेन्टमा ट्रम्पले सर्वोच्च अदालतको नयाँ न्यायाधीश नियुक्त गरेका थिए। सो कार्यक्रममा मानिसहरु कोरोनाको नियम पालना नगरी उपस्थित थिए।
यो पनिः कोरोना संक्रमणले बिरामी परेपछि अमेरिकाका राष्ट्रपति ट्रम्प अस्पताल भर्ना
कोरोनाबाट संक्रमित बनेका ट्रम्पले कोरोनाबारे यस्ता झुठा दाबी गर्थे

प्रतिक्रिया