समाज


घरमा ट्रम्पको मूर्ति बनाएर दैनिक पूजा गर्ने कृष्णको हृदयघातबाट मृत्यु

घरमा ट्रम्पको मूर्ति बनाएर दैनिक पूजा गर्ने कृष्णको हृदयघातबाट मृत्यु

नेपालखबर
कात्तिक २, २०७७ आइतबार २३:५३,

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भगवान मानेर दैनिक पूजा गर्ने एक जना भारतीय नागरिकको मृत्यु भएको छ।

ट्रम्पका अन्धभक्त दक्षिणी तेलंगनास्थित कोन्ने गाउँका बुस्सा कृष्णको हृदयघातको कारण मृत्यु भएको द न्युयोर्क टाइम्सले जनाएको छ।

नित्य पूजाआजाका लागि उनले आफ्नो घरपछाडि ट्रम्पको मूर्ति नै स्थापना गरेका थिए। किसान पृष्ठभूमिका उनी ट्रम्पको मूर्तिलाई हरेक बिहान पूजाआजा गर्थे।

कृष्णको मृत्यु ट्रम्पलाई कोरोना संक्रमण भएपछिको तनावका कारण भएको पारिवारिक स्रोतले जनाएको छ। अक्टोबर २ मा अमेरिकी राष्ट्रपति ट्रम्पलाई कोरोना संक्रमण पुष्टि भएपछि उनी तनावमा थिए।

ट्रम्पलाई संक्रमण पुष्टि भएकै दिन उनले आफ्नो आफ्नो फेसबुक वालमा भावुक भिडिओ पनि पोष्ट गरेका थिए। जसमा उनले आफ्ना भगवान ट्रम्पलाई कोरोना संक्रमण भएपछि अत्यन्तै दुःखी भएको बताएका थिए।

‘म निकै दुखी छु, किनकी मेरा भगवान ट्रम्पलाई कोरोना भएको छ। म ट्रम्प निको होऊन् भनेर प्रार्थना गरिदिन सबैमा अपील गर्छु,’ उनले भिडिओमा भनेका थिए।

ट्रम्पको दीघायूको कामना गर्दै उनी एक साता ब्रत समेत बसे। त्यसपछि उनी गहिरो डिप्रेसनमा गएका थिए। पछि उनको हृदयघातबाट मृत्यु भयो।

ट्रम्पलाई भगवान मान्ने कृष्ण भारतमा सानातिना सेलेब्रिटीका रूपमा चिनिन्थे। कृष्णका भाइ विवेकका अनुसार उनमा पहिले मुटुको कुनै समस्या थिएन। उनी शारीरिक रूपमा तन्दरूस्त नै थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad