व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई अर्को मुद्दामा पनि पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको अनुसन्धानपछि दायर भएको बैंकिङ कसुरको मुद्दामा उच्च अदालत पाटनले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो।
शुक्रबार न्यायाधीश ऋषिराज भण्डारी र सोमकान्त मैनालीको इजालसले पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो।
यसअघि सम्पत्ति शुद्धीकरणको कसुरमा विशेष अदालतले पनि उनीहरुलाई थुनामा पठाउन आदेश दिएको थियो। त्यसपछि दुवैजनालाई डिल्लीबजार कारागार चलान गरिएको छ।
अझै दुईवटा मुद्दा उनीहरुसहितलाई प्रतिवादी बनाएर दायर गरिएको छ। जिल्ला अदालत काठमाडौँमा धितोपत्र सम्बन्धी र बिमासम्बन्धी कसुरमा मुद्दा दायर गरिएको छ। त्यसमा थुनछेक आदेश हुन बाँकी छ। उनीहरुबाहेकका सबै प्रतिवादी भने फरार छन्।
Shares

प्रतिक्रिया