कैलालीको सीताराम सामुदायिक वन उपभोक्त्ता समूहका अध्यक्ष रामप्रसाद राना ८० हजार घुस रकमसहित पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय कञ्चनपुरबाट खटिई गएको टोलीले रानालाई धनगढीको पार्कमोडबाट सो रकमसहित फेला पारेको हो।
अध्यक्ष रानाले सवडिभिजन वन कार्यालय, तारानगरका रेन्जर राम अवतार चौधरीका लागि विचौलिया बनेर सो घुस रकम लिएको अख्तियारले जनाएको छ।
हालै सो कार्यालयले ट्रयाक्टरका चालकसहित काठ बरामद गरेको सन्दर्भमा उक्त काठको मुद्दा मिलाइदिन्छु भनि रेन्जर चौधरीले सेवाग्राहीसँग घुस रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियारले रानालाई घुस रकम लिइसकेको अवस्थामा पक्राउ गरेको हो।
उनीमाथि थप अनुसन्धान भइरहेको जनाइएको छ।
3
Shares
प्रतिक्रिया