ad ad

समाज


कपडा पेल्ने मेसिनमा च्यापिएर किशोरको मृत्यु

कपडा पेल्ने मेसिनमा च्यापिएर किशोरको मृत्यु

नेपालखबर
असोज ३०, २०७७ शुक्रबार ४:५७,

महोत्तरीको बर्दिबास नगरपालिका–६ मा कपडा पेल्ने मेसिनमा हात च्यापिएर एक किशोरको मृत्यु भएको छ।

मृत्यु हुनेमा रौतहटको राजपुर नगरपालिका–३ बस्ने १५ वर्षीय जाकिर मियाँ धोबी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए। बिहीबार साँझ बर्दिबास–६ मा पुरानो कपडा पेलेर कपास बनाउने ना ७ प १३८३ नम्बरको ट्याक्टरमा कपडा पेल्ने क्रममा किशोर धोबीको दाहिने हात च्यापिएर गम्भीर घाइते भएका थिए।

अत्यधिक रक्तश्राव भइरहेको किशोर धोबीलाई तत्काल धनुषाको लालगढस्थित मोडल अस्पतालमा उपचारको लागि पठाइएको र त्यहाँ सामान्य उपचारपश्चात विशेष उपचारको लागि वीरगञ्जस्थित नेसनल मेडिकल कलेजमा पठाइएकोमा उनको सोही अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

यता कपडा पेल्ने मेसिनसहितको ट्याक्टर र चालक रौतहट, ईशनाथ नगरपालिका–९ बस्ने २३ वर्षीय असलम मियाँ ईलाका प्रहरी कार्यालय बर्दिबासको नियन्त्रणमा रहेको जनाइएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .