प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले भक्तपुरबाट संरक्षित वन्यजन्तु सालकको खपटासहित तीन जनालाई पक्राउ गरेको छ।
भक्तपुर नगरपालिका–९ च्याम्हासिंहबाट बुधबार सालकको ५ केजी ३०० तीन सय ग्राम खपटा (आखेटोपहार) सहित तीन जना पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा रामेछापको दोरम्वा गाउँपालिका–५ बस्ने वर्ष ४५ को लाल तामाङ, रामेछापकै सुनापति गाउँपालिका–४ स्थायी वतन भई हाल भक्तपुर–९ बस्ने वर्ष ३० को ज्ञान बहादुर तामाङ र सिन्धुली कमलमाई नगरपालिका–९ स्थायी वतन भई हाल जिल्ला काठमाडौं गौशाला बस्ने वर्ष २३ को कपिल वस्नेत रहेका छन्।
सीआईबीले आवश्यक कानूनी कारवाहीको लागि उनीहरुलाई डिभिजन वन कार्यालय भक्तपुरमा पठाईएको जनाएको छ।
72
Shares

प्रतिक्रिया