हत्या गरेको ३३ वर्ष पछि प्रहरीले एक अभियुक्तलाई पक्राउ गरेको छ।
बाराको सिम्रौनगढ नगरपालिका ७ खजानीका श्यामकिशोर प्रसाद कुशवाहालाई बुधबार प्रहरीले पक्राउ गरेको हो।
उनले २०४४ भदौ १२ गते गोलगन्जका जयमंगलप्रसाद कोइरीको हत्या गरेको अभियोगमा ३० वर्ष पहिले नै प्रहरीले १० वर्ष कैदको फैसला गरेको थियो। तर त्यसयता कुशहवा फरार रहँदै आएका थिए।
कोइरी घरबाट साइकलमा सिम्रौनगढ बजार गई सोहि दिन घरतर्फ फर्किने क्रममा साँझ बकुलहर पुलमा सिम्रौनगढ बजारदेखि पछ्याउदै आएका सिम्रौनगढ नगरपालिका ७ खजानीका श्यामकिशोर प्रसाद कुशवाहा समेतका व्यक्तिहरूले डोरीले कसेर मारेका थिए।
कटुवा बन्दुकबाट फायर गरी डर त्रास देखाई जयमंगल प्रसाद कोइरीलाई डोरीले बाँधी आफूसाथ लगेको र भोलिपल्ट अमृतगन्ज खजानीस्थित नेपाल–भारतको सीमा नाकामा घाँटी रेटिएको अवस्थामा शव फेला परेको थियो।
कर्तव्य ज्यान मुद्दामा बारा जिल्ला अदालतले २०४७ असोज २८ गते १० वर्ष कैदको फैसला गरेको थियो।
अदालतले बुधबार नै श्यामकिशोरलाई कैद भुक्तानको लागि कारागार कार्यालय वीरगन्ज पठाउन आदेश दिएको छ।
Shares

प्रतिक्रिया