समाज


विश्वभर कोरोना संक्रमितको संख्या पुग्यो ३ करोड ८० लाख

विश्वभर कोरोना संक्रमितको संख्या  पुग्यो ३ करोड ८० लाख

नेपालखबर
असोज २८, २०७७ बुधबार ८:९,

जोन्स हपकिन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरण अनुसार विश्वभरी हालसम्म तीन करोड ८० लाख ३३ हजार २८७ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका हुन्।

कुल सङ्क्रमितमध्ये दुई करोड ६३ लाख ८८ हजार ६३३ जना सङ्क्रणमुक्त भइसकेको विश्वविद्यालयले जनाएको छ।

सङ्क्रमणमुक्त भएकाहरुको संख्यामा भारत अग्रस्थानमा रहेको छ। भारतमा अहिलेसम्म ६२ लाख २७ हजार २९५ जना सङ्क्रमणमुक्त भएका छन्।

अमेरिकामा भने सङ्क्रमितहरुको अवस्था डरलाग्दो छ। सबैभन्दा धेरै सङ्क्रमित रहेको मुलुकमा अमेरिका नै रहेको छ।

अमेरिकामा अहिलेसम्म ७८ लाख ५४ हजार ९१७ जना सङ्क्रमित भएका छन् भने अरु दुई लाख १५ हजार ८६१ जनाको कोरोनाकै कारण मृत्यु भएको छ।

धेरै प्रभावित भएकाहरुको सूचीमा भारत र ब्राजिल दोस्रो र तेस्रो क्रममा रहेका छन्। भारतमा अहिलेसम्म ७१ लाख ७५ हजार ८८० जना सङ्क्रमित हुँदासम्म एक लाख नौ हजार ८५६ जनाको मृत्यु भएको छ।

त्यसैगरी ब्राजिलमा अहिलेसम्म ५१ लाख तीन हजार ४०८ जना सङ्क्रमित रहेका छन् भने एक लाख ५० हजार ६८९ जनाको कोरोनाकै कारण मृत्यु भएको छ।

त्यसैगरी चौथो धेरै प्रभावित भएको रुसमा भने अहिलेसम्म १३ लाख १८ हजार ७८३ जना सङ्क्रमित भएका छन्। रुसमा कोरोनाका कारण २२ हजार ८३४ जनाको ज्यान गएको छ।

विश्व स्वास्थ्य संगठन डब्लुएचओले गत मार्च ११ देखि विश्वभरी कोरोनाभाइरसको महामारी फैलिएको घोषणा गरेको थियो। रासस/एएनआई

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad