काठमाडौंको कमलादीस्थित टाइम्स क्लवको पार्किङस्थलमा गत २०७४ साल असार ९ गते भएको ज्यान मार्ने उद्योगका एक आरोपी पक्राउ परेका छन्।
चेङगा तामाङलाई रड, हेलमेटलगायतका वस्तुले प्रहार गरी गम्भीर घाइते बनाउने पाँच जनाको समूहमध्यका काजी लामालाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा काभ्रे रोसी गाउँपालिका–५ घर भइ हाल काठमाडौं बौद्ध बस्ने काजी लामा भन्ने रोजकुमार लामालाई महानगरीय अपराध अनुसन्धान टोलीले पक्राउ गरेको हो।
लामामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
225
Shares

प्रतिक्रिया