काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप २ हजार १२९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले उपत्यकाका तीन जिल्लामा थप २ हजार १२९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बताए।
प्रवक्ता गौतमका अनुसार उपत्काका काठमाडौँमा १ हजार ७४६, भक्तपुरमा १६७ र ललितपुरमा २१६ जनामा कोरोना पुष्टि भएको हो।
सोमबार उपत्यकामा २ हजार २८३ संक्रमित थपिएका थिए।

प्रतिक्रिया