समाज


बंगलादेशमा बलात्कारीलाई मृत्युदण्ड दिइने

बंगलादेशमा बलात्कारीलाई मृत्युदण्ड दिइने

नेपालखबर
असोज २७, २०७७ मंगलबार १०:४४,

बंगलादेशमा पछिल्लो समय बलात्कारीलाई फाँसी दिइनुपर्ने भन्दै प्रदर्शन चर्किएपछि यहाँ बलात्कारीलाई मृत्युदण्डको सजाय दिने कानुन ल्याउन लागिएको कानुनमन्त्री अनिसुल हकले बताएका छन्।

मंगलबार बलात्कारीलाई मृत्युदण्ड दिइने कानुन ल्याउन राष्ट्रपति अब्दुल हामिदले अध्यादेश जारी गर्ने बताइएको छ।

हालै बंगलादेशमा एक ३७ वर्षकी महिलामाथि सामूहिक बलात्कार भएपछि यहाँ बलात्कारीलाई मृत्युदण्ड दिइनुपर्ने भन्दै हिंस्रक प्रदर्शन चर्किएको छ।

बंगलादेशमा हरेकवर्ष हजारभन्दा बढी बलात्कारका घटना प्रहरीमा उजुरी पर्छन्। अधिकारवादी संस्थाका अनुसार बलात्कारमा परेकामध्ये धेरैले समाजबाट बहिष्कारमा पर्ने त्रासका कारण यस विषय खुलाउँदैनन्।

बलात्कारीलाई मृत्युदण्डको सजाय हुने भएपछि स्थानीयले खुशी व्यक्त गरेका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad