समाज


खातामा रकम नभएको चेक दिएर १७ लाख ठगी गर्ने पक्राउ

खातामा रकम नभएको चेक दिएर १७ लाख ठगी गर्ने पक्राउ

नेपालखबर
असोज २७, २०७७ मंगलबार ८:५४,

बैंकिङ कसुर गरेको आरोपमा अदालतबाट १० दिन कैद र १७ लाख रुपैयाँ जरिवाना तोकिएका एक फरार प्रतिवादी पक्राउ परेका छन्।

पक्राउ पर्नेमा धादिङको साविक जिवनपुर गाविस–८ परिवर्तित धुनिवेसी नगरपालिका–५ घर भई हाल जिल्ला काठमाडौं बाफल बस्ने ५१ वर्षीय पन्चम अकौलिया रहेका छन्।

मनोज प्रसाद साहको जाहेरीले अकौलियालाई उच्च अदालत पाटनको मिति २०७५ असार २२ गतेको फैसलाले १० दिन कैद र १७ लाख रुपैयाँ जरिवाना हुने ठहर भएको थियो ।

उल्लेखित सजाय वेरुजू रही फरार रहेका निजलाई प्रहरीले चितवनको भरतपुरमा लुकिछिपि बसिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको हो। उनलाई फैसला कार्यान्वयनको लागि मंगलबार चितवन जिल्ला अदालतमा पेश गरिएको छ।

अकौलियाले २०७५ वैशाख २० गते आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी मनोज प्रसाद साहलाई झुक्यानमा पारि सापटी लिएको रकम फिर्ता गर्नका लागि एनएमबी बैंक लिमिटेडको चेक काटी दिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad