चिनियाँ जनमुक्ति सेनाको प्रतिवेदनलाई उल्लेख गर्दै ग्लोबल टाइम्सले यस जानकारी दिएको हो।
यससँगै चिनियाँ नौसेनाको सामर्थ्यमा थप वृद्धि भएको बताइएको छ। गाइडेड मिसाइल डिस्ट्रोयरले दुश्मनको युद्धक विमान, पनडुब्बीलाई क्षेप्यास्त्र हानेर खसाउनसक्छ।
गत अक्टोबर १, चीनको ७१ औं वार्षिकोत्सवमा मा यी दुई मिसाइल डिस्ट्रोयरले सैन्य अभ्यासमा भाग लिएका थिए।
यससँगै चीनले यस वर्ष चारवटा मिसाइल डिस्ट्रोयरलाई नौसेनाको सेवामा समावेश गरेको छ।
दक्षिण चीन सागरको विषयमा चीन र सागरका दाबीकर्ता देशका साथै अमेरिकासँग विवाद भइरहँदा चीनले गाइडेड मिसाइल डिस्ट्रोयर नौसेनामा समावेश गरेको हो।
372
Shares

प्रतिक्रिया