रुपन्देहीको बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालमा एक जना कोरोना भाइरस संक्रमित महिलाको मृत्यु भएको छ।
विगत ३ दिनदेखि ज्वरो आइ श्वासप्रश्वासमा समस्या भएपछि सोमबार बिहान ११ बजे अस्पताल ल्याइएकी अर्घाखाँचीको सन्धिखर्क –४ की ८० वर्षीया महिलाको मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा बिष्णु गौतमले जानकारी दिए।
इमरजेन्सी एक्सपर्ट टेस्टबाट पीसीआर परीक्षण गर्दा उनमा कोरोना पोजिटिभ देखिएको थियो।
उनको उपचारका क्रममा सोमबार दिउँसो १ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।
120
Shares

प्रतिक्रिया