बंगलादेशमा बलात्कारका शृंखलाबद्ध घटनामा वृद्धि भएपछि बलात्कारीलाई मृत्युदण्ड दिने कानुन बनाउने तयारी सरकारले थालेको छ।
अलजजिराका अनुसार कानुनमन्त्री अनिसुल हकले यौन हिंसासम्बन्धी कानुन संशोधनको प्रस्ताव सोमबार मन्त्रिपरिषदमा लैजाने बताएका छन्।
‘जन्मकैदको सट्टा मृत्युदण्डको व्यवस्था गर्ने विषयमा हामी सोचविचार गर्दैछौँ,’ हकले भनेका छन्।
बलात्कारका घटनामा वृद्धि भएपछि राजधानी ढाकासहितका सहरमा न्यायको माग गर्दै ठुल्ठूला प्रदर्शन भइरहेका छन्।
यसैसाता दशौँ हजारले बलात्कारीलाई मृत्युदण्ड माग गर्दै जुलुस निकालेका थिए।
यसै महिना दक्षिणी जिल्ला नोहाखलीमा धेरैजना पुरुषहरुले एक महिलाको कपडा च्यातेर दुर्व्यवहार गर्दै गरेको भिडियो सामाजिक सञ्जालमा बाहिरिएपछि ठूला प्रदर्शन हुन थालेको हो।
गत महिना उत्तर सहर सिलहेटमा सत्ताधारी दलको विद्यार्थी संगठनका सदस्यहरुले एक महिलालाई सामूहिक बलात्कार गरेका थिए। एजेन्सी

प्रतिक्रिया