वैज्ञानिकहरुले यस भ्याक्सिनले कोरोना संक्रमितको जीवन बचाउन सक्छ सक्दैन भन्ने विषयमा अनुसन्धान थालेको बीबीसीले जनाएको छ।
यस भ्याक्सिन टुबरक्लाइसीसका विरामीको प्रयोगका लागि निर्माण गरिएको थियो। यद्यपी यस भ्याक्सिनले अन्य इन्फेक्सन र बिमार पनि ठिक पारेको जनाइएको छ।
युनिभर्सिटी अफ एक्सेटरले गर्ने परीक्षणमा हजार जनाको हाराहारीमा स्वयंसेवी सहभागी हुने बताइएको छ।
बेलायतमा बच्चा छँदै बीसीजी भ्याक्सिन लगाइने गरिन्छ। यद्यपी नयाँ डोजले उनीहरुलाई झनै फाइदा पुग्ने बताइएको छ। एजेन्सी

प्रतिक्रिया