समाज


‘बोक्सी’को आरोपमा महिलामाथि निर्घात कुटपिट गर्ने व्यक्ति पक्राउ

‘बोक्सी’को आरोपमा महिलामाथि निर्घात कुटपिट गर्ने व्यक्ति पक्राउ

नेपालखबर
असोज २२, २०७७ बिहिबार ९:१४,

‘बोक्सी’को आरोपमा महिलामाथि निर्घात कुटपिट गरेको आरोपमा फरार रहेका एक व्यक्ति पक्राउ परेका छन्।

सिरहाको नवराज गाउँपालिका ५ का २० वर्षीय सन्तोष यादव पक्राउ परेका हुन्। उनीसहितका ८ जनाले गाउँकै महिलालाई राति बोलाएर निर्घात कुटपीट गरेका थिए।

उनीहरुले गत भदौ २७ गते मुर्तीदेवी यादवलाई राति धर्मनाथ यादवको घरमा लगि सामुहिक रुपमा कुटपिट गरेका थिए। कुटपिटबाट महिलाको २ ओटा दाँत भाँचिएका छन्।

सन्तोषलाई प्रदेश नं २ प्रहरी र जिल्ला प्रहरी कार्यालय सिरहाको टोलीले नेपाल–भारत सीमा ठाँडीबाट पक्राउ गरेको डीआईजी धिरजप्रताप सिंहले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad