डब्लूएचओका महानिर्देशक टेड्रोस एडह्यानम गिब्रिएससले यसैवर्षको अन्तिमसम्ममा कोरोनाको खोप उपलब्ध हुनसक्ने सम्भावना भएको बताएको रोयटर्सले जनाएको छ।
उनले भनेका छन्,‘हामीलाई कोरोनाको खोप चाहिन्छ र यसैवर्षको अन्तिमसम्ममा खोप हामीमाझ उपलब्ध हुने विश्वास छ।’
मंगलबार टेड्रोसले कोरोनाको खोप उपलब्ध भइसकेको अवस्थामा त्यसलाई समान रुपमा वितरण गर्न विश्वका नेताले ऐक्यवद्धता जनाउनुपर्ने पनि बताएका थिए।
प्रतिक्रिया