कालीगण्डकी नदीमा आइतबार दिउँसो हामफालेकी महिलाको उद्धार भएको छ। आइतबार दिउँसो पौने ४ बजे नदीमा हामफालेकी रामपुर नगरपालिका ५ बेझाडकी ३७ वर्षीया शर्मिला तिवारीको शकुसल उद्धार भएको हो।
पुलभन्दा करिव साढे दुई किलोमिटर तलबाट उनलाई उद्धार गरिएको पाल्पा प्रहरीले जनाएको छ। अहिले उनलाई उपचारका लागि रामपुर अस्पताल पाल्पा लगिएको छ।
रामपुर र स्याङ्जाको चापकोट सिमानामा रहेको पक्कि पुलबाट कालिगण्डकी नदीमा महिलाले हाम फालेकी थिइन्। नदीमा हामफलेको स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए।
इलाका प्रहरी कार्यालय रामपुरबाट प्रहरी निरीक्षकको कमाण्डमा टोली खटिएको थियो। स्थानीयको सहयोगमा महिलाको उद्धार भएको हो।

प्रतिक्रिया