समाज


दैलेखका कोरोना संक्रमितको बाँकेमा मृत्यु

दैलेखका कोरोना संक्रमितको बाँकेमा मृत्यु

नेपालखबर
असोज १८, २०७७ आइतबार १२:४४,

बाँकेमा थप एक कोरोना संक्रमितको निधन भएको छ।

दैलेख नारायण नगरपालिका वडा नं ८ का ५१ वर्षीय कोरोना संक्रमितको कोहलपुर शिक्षण अस्पतालमा उपचारका क्रममा आइतबार दिउँसो आज १ बजेर ३५ मिनेटमा मृत्यु भएको हो।

आन्द्रा फुटेर कर्णाली प्रदेश अस्पताल, सुर्खेतमा भर्ना भई उपचार गराइरहेका उनलाई कोरोना संक्रमण देखिएपछि आजै कोहलपुर शिक्षण अस्पताल रिफर गरिएको थियो। रोगको प्रकृतिअनुसार सबैखाले उपचार विधि अपनाउँदासमेत बिरामीलाई जोगाउन नसकिएको जिल्ला कोभिड—१९ सङ्कट व्यवस्थापन केन्द्रले जनाएको छ।

शव व्यवस्थापनका लागि प्रमुख जिल्ला अधिकारीमार्फत पहल भइरहेको जिल्ला कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए। यसअघि आजै महेन्द्रनगरकी २९ वर्षीया संक्रमित सुत्केरीको उपचारकै क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको थियो।

यससँगै बाहिरी जिल्लाबाट उपचारका लागि बाँके आएर ज्यान गुमाउने कोरोना संक्रमितको संख्या १० पुगेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad