ad ad

समाज


कोरोनाबाट संक्रमित बनेका ट्रम्पले कोरोनाबारे यस्ता झुठा दाबी गर्थे...

कोरोनाबाट संक्रमित बनेका ट्रम्पले कोरोनाबारे यस्ता झुठा दाबी गर्थे...

नेपालखबर
असोज १७, २०७७ शनिबार ७:३६,

ट्रम्प र फर्स्ट लेडी मलेनिया दुवैलाई हालै कोरोनाको संक्रमण भएको हो।

कोरोना संक्रमण पुष्टि भएको २४ घण्टा नपुग्दै शुक्रबार अपराह्न उनलाई ह्वाइट हाउसबाट वाल्टर रिड नेसनल मेडिकल सेन्टर अस्पताल भर्ना गरिएको जनाइएको छ।

दुवैको स्वास्थ्य अवस्था सामान्य छ। नयाँ राष्ट्रपति चयनका लागि चुनाव हुनु ठीक एक महिनाअघि वर्तमान राष्ट्रपति ट्रम्प कोरोना संक्रमित बनेका हुन्।

उनी नोभेम्बरमा हुने निर्वाचनमा डेमोक्रेटिक पार्टीका नेता जो बाइडेनसँग प्रतिस्पर्धा गर्दै छन्।

ट्रम्पले कोरानाबारे दोहोर्याउँदै झुठो दाबी गर्दै आएका थिए। उनले मास्क लगाउन मान्दैन थिएभने कोरोनालाई सामान्य रोग भएको बताउँथे।

ट्रम्पले कोरोनाबारे गरेका केही झुठा दाबीहरु

१. गत फेब्रुअरी ७ र १९ मा ट्रम्पले अप्रिल महिना लाग्दासाथ गर्मीका कारण कोरोना भाइरस नियन्त्रणमा आउने बताएका थिए। तर अप्रिल कटेर पाँच महिना पुरा भइसक्दा पनि कोरोना नियन्त्रणमा आएको छैन। हाल अमेरिका कोरोनाले सबैभन्दा बढी प्रभावित राष्ट्र हो।

२. गत फेब्रुअरी २७ मा ट्रम्पले कोरोना भाइरस नाटकीय रुपमा हराएर जाने दाबी गरेका थिए। तर त्यस्तो हुन सकेको छैन।

३. ट्रम्पले कोरोना भाइरसलाई सामान्य रोग भन्ने गरेका थिए। उनी मास्क नै लगाउन मान्दैन थिए। हालैमात्र ट्रम्पले राष्ट्रपतीका लागि डेमोक्रेटिकका तर्फबाट उम्मेदवार रहेका जो बाइडेनको मास्क लगाउने बानीको ठट्टा गरेका थिए। त्यसको केही दिनमै ट्रम्प कोरोना संक्रमित बनेका हुन्।

४. गत जुन महिनामा ट्रम्पले अमेरिकामा कोरोनाको प्रभाव हराउँदै गएको दाबी गरेका थिए। तर त्यसबेला अमेरिकामा दैनिक २० हजारको संख्यामा कोरोना संक्रमित थपिरहेका थिए। त्यस्तै जुलाई २ मा ट्रम्पले अमेरिकामा कोरोना नियन्त्रण गर्न सकेको दाबी गरेका थिए। त्यसबेला अमेरिकामा ५० हजारको दरले कोरोना संक्रमित बढीरहेका थिए।

५. जुलाई ४ मा ट्रम्पले विश्वमा रहेका ९९ प्रतिशत कोरोना भाइरस पूर्ण रुपमा हानिरहित भएको बताएका थिए। त्यसबेला डब्लूएचओले कोरोनाका कारण कुल संक्रमितमध्ये १५ प्रतिशतमा कोरानाले गम्भीर असर गर्ने र ५ प्रतिशतको स्वास्थ्य चिन्ताजनक हुने अनुमान गरेको थियो। द एटलान्टिक र एजेन्सीको सहयोगमा

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .