समाज


रौतहट नरसंहार :  इट्टाभट्टाका हेड मिस्त्री पक्राउ

रौतहट नरसंहार :  इट्टाभट्टाका हेड मिस्त्री पक्राउ

नेपालखबर
असोज १७, २०७७ शनिबार ७:५४,

रौतहटको इटाभट्टामा जिउँदै मान्छे जलाउने कार्यमा संलग्न थप एक अभियुक्त पक्राउ परेका छन्।

प्रदेश २ प्रहरीले इटाभट्टाका तत्कालीन मुख्य मिस्त्रीलाई पक्राउ गरेको हो।

 प्रदेश प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहका अनुसार पक्राउ पर्नेमा बाराको सिम्रौनगढ नगरपालिका ४ का ५५ वर्षीय बद्री सहनी रहेका छन्।

मोहम्मद अफताव आलमको चुनावी तयारीका क्रममा बम बनाइरहेका बेला विस्फोटमा परी घाइते भएकाहरुलाई जिउँदै इटाभट्टामा हालिएको थियो।

२०६४ चैत २७ गते साँझ भएको उक्त घटनाका मुख्य अभियुक्त आलम पुर्पक्षका लागि थुनामा छन्। अन्य फरार रहेका व्यक्तिलाई पनि प्रहरीले पक्राउ गरेको हो। घटनामा १५/१६ जना घाइते भएको र २/३ जनाको मृत्यु भएको थियो। उनीहरु सबैलाई इटाभट्टामा जलाइएको खुलेको हो।

पक्राउ परेका सहनीले आफू त्यतिबेला हेडमिस्त्री रहेको र आलमले भने अनुसार नै ट्याक्टरमा ल्याएका मान्छेलाई इटाभट्टामा हालेर जलाएको स्वीकार गरेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .